चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

 

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) अनुसार नेकपा (माओवादी केन्द्र)बाट २ जना र आफ्नो दल नेपाली कांग्रेसबाट २ जना गरी ४ जनालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

माओवादी केन्द्रबाट पम्फा भुसाल–उर्जामन्त्री र जनार्दन शर्मा–अर्थमन्त्री बनेका छन्, भने कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की–कानूनमन्त्री र बालकृष्ण खाँण–गृहमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री खाँण, कानूनमन्त्री कार्की, उर्जामन्त्री भुसाल र अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment