बुधबारदेखि देशभरका इन्धन वितरणमा रोक लगाइने


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले देशभरका इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ ।

संगठनले बुधबारदेखि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको हो ।

मंगलबार पाँच विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका छन् ।

इन्धनको मूल्य वृद्धि फिर्ताका लागि एशोसिएसन मातहतका सम्पूर्ण पेट्रोल पम्प र ढुवानी ट्यांकहरु बन्द गरी आन्दोलनमा सहयोग गर्न संगठनले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment