आज इलामा थप ४० जनामा कोरोना संक्रमण


इलाम, २९ असारः इलामा आज थप ४० जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर आए सँगै इलामा पनि कोरोना संक्रमितको ग्रफ वढ्दो गएको छ । आज थपिएका४० जानासँग इलामा संक्रमितको संख्या २ हजार ३ सय १९ जना पुगेको छ । इलामा लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । 
इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका ३ महिला ९ पुरुष, सूर्योदय नगरपालिकका ६ महिला ५ पुरुष, रोङ गाउँपालिकामा ७ महिला ७ पुरुष, देउमाई नगरपालिकाका १ पुरुष   र सन्दकपुर  गाउँपालिकाका १ महिला १ पुरुष रहेका छन् ।
 इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । हाल सम्म १ हजार ८ सय १६ जनाले इलामा कोरोना संक्रमण मुक्त भएका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment