मुलुकभर थप २३९८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६३९ जना र ३ हजार ९५४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ४ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोनामुक्त भए, १२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ७२ हजार ८४८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment