उच्च अदालत इलामकी कर्मचारीको हत्यारा सार्वजनिक, हत्यारा न्यायायधिसका सुरक्षा गार्ड


इलाम, २९ असारः उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यरत मृत भेटिएकी बिमलादेवी पराजुलीको हत्या .सुरक्षामा खटिएका प्रहरीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।  
सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी बिमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधिसकै सुरक्षा गार्डका रुपमा कार्यरत प्रहरी युवराज बानियाले गरेको खुलेको छ । असइ बानियाको पद भने प्रहरीले खुलाउन चाहेन । तर बानिया असइ रहेको बताइएको छ । 
मुख्य न्यायाधिस हाल बिदामा रहेकाले सो कोठाको चाबी सुरक्षा गार्ड बानियासँग नै रहेकाले सो स्थानमा घटना घटेको हुन सक्ने अनुमान प्रहरीको छ । 
अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार धनकुटा होलीखर्क ५ घर भइ इलाममा कार्यरत अभियुक्त बानिया र मृतक कर्मचारी बिच लामो समयदेखी सम्बन्ध रहेको खुलेको छ । उनीहरु बिच पैसाको बार्गेनिङ भएको बानियाको बयान उदृत गर्दै प्रहरी उपरिक्षक श्रेष्ठल बताए । 
मृतक महिलाको दाहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाले घाँटी थिचेर मारेको बताएको पनि प्रहरी प्रमुख श्रेष्ठले बताए । कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गएपनि मृत फेला परेकी महिला उच्च अदालत भित्रै रहेको तरकारी बारी तर्फ गएको बताइएको छ । दुई जना बिच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । मृतक महिलाले लगाएको करिव दुई तोलाको सिक्रि समेत अभियुक्त बानिया बस्ने ठाउँबाट बरामत गरिएको छ । मुख्य न्यायाधिस बस्ने क्वाटरको कोठामा घटना घटाई घिसारेर लगेर बलेँसीमा फालेको अभियुक्त बानियाले दिएको बयानमा खुलेको छ । 
घटना पश्चात नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियालाई नियन्त्रणमा लिएको थियो । तर थप अनुसन्धानका लागि संघिय प्रहरी इकाइ धरानबाट कुकुर ल्याएइएको थियो ।  
अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भई रहेको छ ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला देबी पराजुली केही समय अघिदेखी उच्च अदालत इलाम बिराटनगर इजलासमा कार्यरत थिईन । 
उनको सव अर्धनग्न अवस्थामा अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला परेको थियो । अभियुक्त बानियाले हत्या गरेको स्विीकार गरे पनि बलत्कार नगरेको प्रहरी समक्ष बयान दिएका छन् । यसका बिषयमा समेत अनुसन्धान भइरहेको जनाइएको छ । 
स्थानिय तथा महिला अधिकारकर्मीहरुले २४ घण्टा सुरक्षा हुने ठाउँ र अदालत भित्र नै यस्तो घटना घटेकोमा चिन्ता ब्यक्त गर्दै आएका छन् । प्रहरी कार्यालय नजिकै र सुरक्षामा खट्ने प्रहरीबाट नै महिला असुरक्षित हुनुपरेको भन्दै थप चिन्ता ब्यक्त गरेका छन् । 
महिलाको शारीरिक परिक्षण गरि पोष्माटमका लागि शब बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइ सकिएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment