इलामको फाकफोकथुमामा एक व्याक्ती मृत अवस्थामा भेटिए


इलाम, २९ असारः इलामको फाकफेकथुमा एक व्याक्ती मृत अवस्थामा फेला परेका छन् । स् फाकफोकथुम २,गोलेगाउँ निवासी अन्दाजी ५८ वर्षिय दानबहादुर तामाङ  मृत अवस्थामा बाटोमा भेटिएका हुन ।

सोमबार दिउँसो सोही वडाको पुतलीखर्क भन्ने स्थानमा मृत अवस्थामा बाटोमा भेटिएको खबर पाएपछि एकतप्पा प्रहरी चौकीको टोली आइ पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम लगिएको र पोष्टमार्टम पछि सव परिवारले वुझेर लगेका छन् । 

मृतक तामाङ छिमेकी एक महिलाको मलामी गएर घर फर्किन्दै गरेको अवस्थामा बाटोमा भेटिएको जनाइएको छ । मृतकका चार छोरी,दुई छोरा र श्रीमती छन् । केकारणले मृत्यु भएको हो अनुशन्धान पनि भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment