इलाममा थप ७६ जनामा कोरोना संक्रमण, थप एकको मृत्यु


इलाम, १४ साउनः इलाममा आज थप ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । इलाममा निरन्तर कोरोना संक्रमणको ग्राफ वढी रहेको छ ।  आज थपिएका ७६ सगै संक्रमितको संख्या ३३५१ पुगेको छ । 
इलाममा आज संक्रमित हुनेहरु इलाम नगरपालिकाका २५ महिला १० पुरुष,  सूर्योदय नगरपालिकामा ८ महिला १२ पुरुष, देउमाई नगरपालिकामा ५ महिला ८ पुरुष, माई नगरपालिकामा २ महिला ३ पुरुष र रोङ गाउँपालिकामा ३ पुरुष रहेका छन् । 
थप एक जनाको मृत्यु 
इलाममा कोरोना संक्रमणको कारण आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका ८ की ७५ वर्षिय महिला रहेकीछिन् । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ६९ जनाको मृत्यु भएको छ । इलाममा अहिले ९९१ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment