
काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २४२ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ९ हजार ५५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३३५ जना र ४ हजार ६८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना कोरोनामुक्त भए, १६ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार २४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ९३ हजार ६५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
0 comments:
Post a Comment