नेकपा एमाले विभाजनको असर प्रदेश १ मा पनि


विराटनगर । नेकपा एमाले विभाजन गरेर नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दार्ता गरेपछि पार्टी विभाजनको असर प्रदेश १ मा पनि परेको छ । पार्टी भित्रको कलह समाधान गर्ने र प्रदेशका सांसदहरुलाई विभाजन तर्फ जान नदिने उद्देश्यका साथ एमालेले भीम आचार्यलाई प्रदेश १ को मुख्य मन्त्री बनाउने योजना अगाडि बढाएको छ ।

तर, आचार्यले चासो देखाएका छैनन्, भने माधव पक्षधरका सबै सांसदहरु पनि खुलेर नयाँ पार्टीमा गएका छैन्न् । अहिलेसम्म माधव नेपालको नयाँ पार्टीको पक्षमा उभिने निश्चित भएका राजेन्द्रकुमार राई, सुनिता कुमारी चौधरी, सरिता थापा, राजन राई, गणेशकुमार काम्बाङ, होमकुरी साँवा र उपेन्द्र घिमिरे रहेका छन् ।

एमालेका ६ सांसद जीवन घिमिरे, यसोधा अधिकारी, सावित्रीकुमारी रेग्मी, लीलाबल्लभ अधिकारी, बलबहादुर साम्सोहाङ र पदमकुमारी गुरुङ टतस्थ रहेका छन् । माधव समूहका नेता जीवन घिमिरेले पार्टी एकताको पक्षमा अझै पहल गर्ने बताएका छन् ।

माधव पक्षको नयाँ पार्टीमा प्रदेश १ का कम्तीमा १५ जना सांसद रहने दाबी गरिएको भएता पनि अहिलेसम्म कसैले पनि खुलेर समर्थन गरेको पाइदैन । यता ओली पक्षका नेताहरुले भने प्रदेश १ को सरकारमा नेतृत्व परिर्वतन भएपनि एमालेकै बहुमतमा सरकार बन्ने दाबी गर्दै आएका छन् ।

पार्टीलाई एकढिक्का बनाएर लैजानका लागि मुख्यमन्त्री शेरधन राईले पनि अबको नेतृत्वलाई समर्थन गर्ने बुझिएको छ । ९२ सदस्य भएको प्रदेश १ मा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपाका १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना संसाद रहेका छन् ।

एमालेका ५१ जना सांसदमध्ये एकजना सांसद गुलेफन खातुन उच्च अदालत विराटनगरले कीर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी ५० सांसदमध्ये अहिले आएर ८ जना खुलेर लागेका छन् भने माधव समूहले १५ जना आप्mनो पक्षमा रहेको दाबी गर्दै आएको छ ।

प्रदेश १ सरकार गठनका लागि ४६ सांसद आवश्यक पर्छ जसका लागि माधव पक्षका ८ जना सांसद पर्याप्त हुन्छ । माओवादी केन्द्र, एमाले समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चका गरी ४८ जना पुग्छन्, तर एमाले भित्रनै दोधारे देखिएपछि तुरुन्त सरकार परिर्वतन हुने संकेत भने देखिएको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment