अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीको उद्धार

काठमाडौं । अफगानिस्तानबाट आज शनिबार ३५ जना नेपालीको उद्धार गरिएको छ।

शनिबार टर्कसिस एरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म ५०४ जना नेपालीको उद्धार भएको छ ।

शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण कन्सुलर सेवा विभागको वेव पोर्टलमा दर्ता गरेका छन् ।

अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि सबै देशहरुले आफ्नो नागरिकहरु भटाभट उद्धार गर्न थालिएको छ।

यस्तै त्यहाँ कार्यरत नेपालीलाई पन उद्धार गर्न सुरु गरिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment