घरकै एकान्तबासमा बालबालिका सुरक्षित


काठमाडौँ । बालबालिकामा सामान्य लक्षणसहित कोरोना सङ्क्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने चिकित्सकको सुझाव छ । स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव उहाँहरूको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्य भन्नुहुन्छ,‘‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने अभिभावकको रेखदेखजस्तो अरू कसैको हुँदैन तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसुस भयो भने तुरुन्त अस्पताल जानुपर्छ । बालबालिकामा कोरोना सङ्क्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छ ।’’

डा. शाक्यका अनुसार केही बालबालिकाको पेट पनि खराब हुन सक्छ । यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणका आधारमा उपचार गर्न सकिन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुने उहाँको सुझाव छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment