
काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दलको दर्ता खारेज गरेको हो ।
आयोगका प्रवकता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ
अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । यसअघि, आयोगमा १३६ दल दर्ता थिए ।
0 comments:
Post a Comment