इलाममा थप ४९ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु


इलाम, १९ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ४९ जना संगै इलाममा संक्रमितको संख्या ३६१६ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकाका १० महिला ११ पुरुष, माई नगरपालिकामा २ महिला ९ पुरुष,  सूर्योदय नगरपालिकामा ४ महिला ३ पुरुष, देउमाई नगरपालिकमा ४ पुरुष, माङसेवुङ गाउँपालिकमा १ महिला ३ पुरुष र  रोङ गाउँपालिकामा १ पुरुष  १ पुरुष रहेका छन् ।

थप दुइ जनाको मृत्यु 

इलामा आज थप दुई जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रोङ गाउँपालिका  ३ का २६ वर्षिय पुरुष र इलाम नगरपालिका ७ की ४८ वर्षिय महिला रहेका छन् । इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ७७ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ९१६ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment