
काठमाडौं । सरकारले विद्युत प्राधिकरणमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी थालेको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
प्राधिकरणमा घिसिङलाई ल्याउने तयारी थालिएसंगै उर्जा मन्त्री पम्पा भुषालले प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यको राजीनामा मागिसकेकी छिन् ।
मन्त्री भुषालले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शाक्यले राजीनामा दिएसंगै घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिएको छ ।
0 comments:
Post a Comment