काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो, अनुगमनलाई कडा बनाइने

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । उपत्यकाका (काठमाडौं, भक्तरपुर र ललितपुर) तीन वटै जिल्ला प्रशासनको संयुक्त बैठकले जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीका अनुसार साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । त्यस्तै, उनका अनुसार निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरिएको छ ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कारवाही गर्ने निर्णय भएको सीडीओ पराजुलीले बताए । अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment