मुलुकभर ३७२९ जनामा कोरोना पुष्टि, २५ को मृत्यु


काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६७५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४९३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ७७ हजार ५८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८८५ जना कोरोनामुक्त भए, २५ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ६७५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख १५ हजार ३७८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता