स्वास्थ्य मन्त्रालयद्वारा कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफरिस


काठमाडौं । कोरोना महामारी दिनप्रति दिन तीब्र रुपमा फैलिदै गएको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफरिस गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण तीब्र रुपमा फैलिँदै गएको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरिएको जानकारी गराएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘कोभिड–१९ संक्रमण फैलदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु ।’

त्यसोत, कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो ।

कक्षा १२ को परीक्षाका लागि ३ लाख ७४ हजार विद्यार्थीले परीक्षा फारम भरेका परीक्षा बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment