इलाममा कोरोना संक्रमणको कारण थप ३ जनाको मृत्यु, थप ६९ जनामा संक्रमण


इलाम, २२ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ६९ जना संगै इलाममा संक्रमितको संख्या ३७८६ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकाका १३ महिला र १० पुरुष, सूर्योदय  नगरपालिकामा १३ महिला र ७ पुरुष, माङसेवुङ गाउँपालिकामा ४ महिला र ३ पुरुष, माई नगरपालिकमा ३ महिला र ४ पुरुष, देउमाइ नगरपालिका ३ महिला र ३ पुरुष, फाकफोकथुम गाउँपालिकमा १ महिला र २ पुरुष, रोङ गाउँपालिकामा १ महिला र १ पुरुष र सन्दकपुर गाउँपालिकमा १ पुरुष रहेका छन् ।

इलाममा थप ३ जनाको मृत्यु 

इलामा आज थप तीन जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका ५ का ६४ पुरुष, माई नगरपालिका २ की ५८ महिला र सूर्योदय नगरपालिका ११ की ९० वर्षिय महिला रहेका छन् । इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८६ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ९५७ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment