सर्वोच्च अदालतले भन्यो, ‘खोप केन्द्रसम्म जान नसक्नेहरुलाई घर–घरमै गएर कोरोना खोप दिनु’


काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक, फरक क्षमता भएका तथा दृष्टिविहीनलगायत दीर्घरोगीहरुलाई घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका एवं दृष्टिविहीनलगायतका नारिकहरुको लागत संकलन गर्न र घर–घरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा यस्ता आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, स्तिारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरु तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने ब्यक्तिहरु समेतका लागि राज्यले वडा वडा स्तरबाट लगत संकलन गरी वा उपर्युक्त अन्य माध्यमबाट पहिचान गरी घर घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको लागि कार्यक्रम सञ्चालन गर्नु गराउनु ।’


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment