एकै दिनमा थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा


एजेन्सी । ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ ।

शुक्रबार यता विद्रोही समूहले ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो । यसअघि तालिबानले निमरुज र जवजानलाई नियन्त्रण लिएको थियो ।

आइतबार देशको उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कुन्डुज सहरका प्रहरी हेडक्वार्टर, गभर्नर कम्पाउन्ड र कारागारलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय स्रोतका अनुसार सबै सरकारी भवन यतिबेला तालिबानको कब्जामा रहेको छ । सेनाको बेस र विमानस्थलमा अफगान सुरक्षाकर्मीहरुले तालिबानसँग भिडन्त गरिरहेको कुन्डुज प्रान्तका सांसद अमरुद्दिन वालीले बताएका छन् ।

त्यस्तै, आइतबार नै विज्ञप्ति जारी गर्दै तालिबानले उत्तरी प्रान्त सार–ए–पोलको राजधानी सार–ए–पोललाई पनि कब्जा गरेको जानकारी दिएको छ । प्रान्तीय परिषद्का सदस्य मोहम्मद नुर रहमानीले सरकारी भवनलाई नियन्त्रणमा लिएका छन् भने सरकारी अधिकारीहरू भागेर नजिकैको सेनाको बेसमा पुगेका छन् ।

त्यस्तै, आइतबार नै तालिबानले ट्वीटरमार्फत ताखार प्रान्तको राजधानी तालोकानलाई पनि नियन्त्रणमा लिएको जानकारी लिएको छ । स्थानीय जबिहुल्लाह हामिदीले एएफपीसँग कुरा गर्दै उनले सुरक्षाकर्मी र अधिकारीहरूले लामबद्ध भएर सहर छाडेको देखेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment