एमाले विभाजित : नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादी, चुनाव चिन्ह ‘खुला किताब’



काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ ।

बुधबार (आज) मात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु-याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो ।

लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गर्नुभएको हो । ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि माधव नेपाल समूह निर्वाचन आयोगतर्फ लागेको बताइएको छ ।

‘नेकपा एमाले समाजवादी’ पार्टीको संयोजकमा माधव नेपाल हुनुहुन्छ, भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुने जनाइएको छ । त्यस्तै चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment