मुलुकभर थप ३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ४२ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment