इलाममा थप ७४ जनामा कोरोना संक्रमण, थप २ संक्रमितको मृत्यु


इलाम, २ भदौँः कोरोनाको दोस्रो लहर वढे सँगै इलाममा पनि संक्रमितको ग्रफ वढेको छ । आज एकै दिन इलाममा थप ७४ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका ७४ संक्रमित सँग इलाममा ४५८५ जना संक्रमितको संख्या पुगेको छ ।

इलाममा आज संक्रमित हुनेहरुमा रोङ गाउँपालिकाका १५ महिला र १५ पुरुष, सूर्योदय नगरपालिकामा ५ महिला र ५ पुरुष, इलाम नगरपालिकामा २ महिला र  ६ पुरुष, माई नगरपालिकामा ३ महिला र ५ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र ६ पुरुष, सन्दकपुर गाउँपालिकामा ३ महिला र २ पुरुष, फाकफोकथुम गाउँपालिकामा २ महिला र १ पुरुष र चुलाचुली गाउँपालिकामा १ महिला र १ पुरुष रहेका छन् । 

इलाममा थप दुई जनाको मृत्यु

इलाममा आज कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चुालाचुली २ की ६९ वर्षिय महिला र चुलाचुली  ३ का ४२ वर्षिय पुरुष रहेका छन् । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण ९७ जनाको मृत्यु भई सकेको छ । इलामा ९४५ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment