एमाले समाजवादी दर्ताका लागि माधव पक्षले दियो निवेदन, दर्ता स्वीकृत हुने बित्तिकै सरकारमा सहभागी हुने


काठमाडौं । नेकपा (एमाले) औपचारिक रुपमा नै फुटेको छ । बुधबार एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निवदेन दिएसंगै एमाले औपचारिक रुपमा फुटेको हो ।

बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराउनुभएको थियो । प्रस्तावित दलको अध्यक्षमा माधव नेपाल स्वयं हुनुहुन्छ भने झलनाथ खनाल वरिष्ठ नेता रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको नेता राजेन्द्र पाण्डेले जनकारी दिनुभयो ।

चूनाव चिन्ह भने यसअघि खुला किताब प्रस्ताव गर्ने तयारी भएपनि दर्ता प्रक्रियामै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई छलफलपछि टुङग्याइने पाण्डेले बताउनुभयो । उहाले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताउनुभयो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment