इलाममा ९४५ सक्रिय संक्रमित, लगातार थपेको निशेधाज्ञाले घटेन कोरोनाको ग्राफ

 

  • दिपा चापागाइँ

इलाम, २ भदौँः कोरोनाको दोस्रो लहरले यतिवेला इलामलाई नराम्रो संग आक्रान्त परेको छ । इलाममा दास्रोलहरको कोरोना संक्रमण शुरु भएको बैशाख देखिने निरन्तर निशेधाज्ञा जारी भए पनि विचमा निशेधाज्ञा केही खुकुलो परे सँगै कोरोना संक्रमणको दर ह्वत्तै वढेर गएको छ । काेराेना संक्रमण वढ्नुमा इलामवासीले पूर्णरूपमा स्वास्थ्य मापदण्डकाे पालना नगर्नु पनि रहेकाे छ । 

इलामा अहिले ९४५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणको कारण इलाममा हाल सम्म ९७ जनाले ज्यान गुमाई सकेका छन् । 

इलाममा सवै भन्दा धेरै इलाम नगरपालिकामा ३०१ जना सक्रिय संक्रमित रहेका छन् । इलाम नगरपालिकामा २९ जनाको संक्रमणको कारण मृत्यु भएको छ । माई नगरपालिकामा १३६ जना सक्रिय संक्रमित रहेकाछन्, ६ जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकामा १३० जना सक्रिय संक्रमित रहेका छन्, २७ जनाको मृत्यु भएको छ । 

रोङ गाउँपालिकामा ११० जना सक्रिय संक्रमित रहेका छन्,  ५ जनाको मृत्यु भई सकेको छ । सन्दकपुर गाउँपालिकामा ८७ जना सक्रिय संक्रमित छन्, १ जनाको मृत्यु भएको छ । 

देउमाई नगरपालिकामा ६० जना सक्रिय संक्रमित छन्, ४ जनाको मृत्यु भई सकेको छ । माइजोगमाई गाउँपालिकामा ४३ जना सक्रिय संक्रमित रहेकाछन्, ५ जनाको मृत्यु भएको छ । त्यस्तै फाकफोकथुम गाउँपालिकामा ४२ जना सक्रिय संक्रमित रहेकाछन् यहाँ कुनै संक्रमितको मृत्यु भएको छैन । 

माङसेवुङ गाउँपालिकामा ३४ जना सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिकामा सवै भन्दा कम २ जना सक्रिय संक्रमित रहेका छन् भने १० जनाको मृत्यु भएको छ । 

यसरी इलाम जिल्लाको डाटा हेर्ने हो भने १० वटा स्थानीयतहमा फाकफोकथुम वाहेकका सवै स्थानीयतहमा संक्रमणको कारण मृत्यु भएको छ । इलामा ८९२ जनाको आटी पि.सि.आर विधिवाट  र १५६९८ जनाको एन्टीजेन विधिवाट परिक्षण गर्दै जम्मा १६५९० जनाको कारोना संक्रमण परिक्षण गर्दा ४५८५ जनामा संक्रण देखिएको छ । इलामको यो डाटा हेर्ने हो भने परिक्षण गरेको २६ दशमलव ६३ प्रतिशतमा कोरोना पुष्टी भएको छ । 

यसरीनै इलाममा जम्मा ४५८५ संक्रमित मध्ये ९५ जनाको मृत्यु भएको छ यो पनि मृत्य दर हेर्दा २ दशमलव ०७ प्रतिशत हो । 

इलामा रहेका सक्रिय संक्रमित मध्ये अहिले ९२६ जना होम आइशोलेशनमा, ९ जना सामान्य उपचारमा र १० जना आई सि युमा उपचारमा रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment