जापानबाट आइपुग्यो अष्ट्राजेनेकाको थप २ लाख खोप

 

काठमाडौँ । जापानबाट शनिबार अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप आइपुगेको छ । जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त शनिबार बिहान काठमाडौँ आइपुगेको होे ।

कतार एयरलाइन्समार्फत खोप ल्याइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार यसअघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पखाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइनेछ ।

यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० खोप नेपाल भित्रिसकेको छ । बाँकी खोप भने सोमबारसम्ममा नेपाल आइपुग्ने जनाइएको छ । जापानले को–भ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment