इलाममा सबभन्दा बढि बेरुजु फोकफोकथुम र दोस्रोमा सूर्याेदय नगरपालिका


इलाम, ५ भाद्र इलाममा सवैभन्दा बढि बेरुजु फाकफोकथुम गाउँपालिकामा देखिएको छ । दोस्रोमा सुर्योदय नगरपालिका रहेको छ ।महालेखा परिक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाको महालेखा परिक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैया बेरुजु देखाएकाे हाे।

त्यसैगरी दोश्रो नम्बरमा पर्यटकीय नगरी सूर्योदय रहेको छ । सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाको परिक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैया अर्थात २.६१ प्रतिशत रकम बेरुजु देखिएको हो । 

त्यसैगरी  इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाको महालेखा परिक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैया बेरुजु देखिएको छ । जुन कुल रकमको २.३२ प्रतिशत हुन आउँछ ।

रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाको लेखापरिक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैया अर्थात ३.९८ प्रतिशत रकम बेरुजु देखिएको छ । 

देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाको लेखा परिक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैया बेरुजु देखिएको छ । 

समग्रमा जिल्लाको बेरुजुमा पाँचौ स्थानमा रहेको देउमाईमा २.८९ प्रतिशत रकम बेरुजु भएको हो ।

माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाको लेखा परिक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैया अर्थात ३.१३ प्रतिशत बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको कान्छो नगरपालिका माईनगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाको महालेखा परिक्षणमा २ करोड ५० लाख २२ हजार रुपैया बेरुजु देखिएको छ । जुन २.२३ प्रतिशत हुन आउँछ ।

सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाको लेखा परिक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २.७५ प्रतिशत बेरुजु भेटिएको हो ।

 चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाको परिक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैया अर्थात २.१५ प्रतिशत बेरुजु देखिएको छ । 

जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखा परिक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैया बेरुजु आएको छ । जुन २.०९ प्रतिश हुन आउछ ।

हाम्राे प्रदेशबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment