सिन्धुपाल्चोकमा बस दुर्घटना : १८ जना घाइते, २ जनाकाे अवस्था अज्ञात

सिन्धुपाल्चोक । यहाँको सुनकोसी गाउँपालिका- २ ठोकर्पाबाट काठमाडौँ जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जना घाइते भएका छन् भने दुईजना हराइरहेका छन् ।

ठोकर्पाबाट काठमाडाैँका लागि छुटेको बस बुधबार बिहान ११:३० बजे सुनकोशी गाउँपालिका- ३ थापागाँउमा सडकबाट बिस मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

उक्त बसमा २० जना यात्रु रहेकोमा १५ जना घाइतेको उपचारका लागि धुलिखेल पठायउकाे छ । तीन जनाको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ भने र दुई जना गाडीले च्यापिएको हुनसक्ने बस्नेतले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment