सनाखतका लागि निर्वाचन आयोग पुगे महन्थ-राजेन्द्र

काठमाडौं । प्रस्तावित जसपा नेपाल (लोकतान्त्रिक)का नेताहरु सनखतको लागि निर्वाचन आयोग पुगेका छन् । नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव महन्थ ठाकुरसहित, राजेन्द्र महतो लगायतका नेताहरु आयोग पुगेका हुन् ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु पनि सनाखतको लागि अहिले निर्वाचन आयोग पुगेका छन् ।
दुवै पार्टीलाई आज बिहान साढे ११ बजेदेखि २ बजेभित्र सनाखतका लागि आयोगमा बोलाइएको निर्वाचन आयोगले बोलाएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीमा ठाकुर अध्यक्ष, राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएको ।

आयोगले दुबै पार्टीका सांसद र केन्द्रीय सदस्यको लाइन फरक(फरक राख्ने व्यवस्था गरेको छ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यहरुको सनाखत स्थल र संघीय संसद सदस्यहरुको सनाखत स्थल भनेर छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment