चन्द्रागिरिबाट सीधै निर्वाचन आयोग पुग्याे माधव समूह

 

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु निर्वाचन आयोग पुगेका छन् । प्रस्तावित पार्टीका अध्यक्ष माधुकुमार नेपालसहित नेताहरु चन्द्रागिरिबाट सीधै कान्थिपथस्थित निर्वाचनमा आयोगमा गएका हुन् ।

सोमबार आफ्नो उक्त प्रस्तवित पार्टीका नेता तथा सांसदहरु चन्दागिरी पुगेका थिए । निर्वाचन आयोगले सनाखतका लागि आज बिहान ११ः३० बजेदेखि दिउँसो २ बजेसम्मलाई समय दिएको छ ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए । आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment