राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकले कुनै पनि पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने गरि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो । उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले आज अनुमोदन गर्नुभएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा नेपाली काँग्रेस र नेकपा माओवादी केन्दले चर्को आलोचना गरेका थिए ।  ओलीलीले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सकिने व्यवस्था थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment