त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ्ग । धादिङको धुनिबेशी नगरपालिका वडा नं ९ स्थित त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा राजमार्ग पहिरोको कारण अवरुद्ध भएको छ ।

करिब १ दर्जन स्थानमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । बिशेष गरि धादिङ्ग काठमाडौ सुरुङ्ग मार्ग निर्माणको क्रममा बिस्तार गरेको सडकमा आएको लेदोले राजमार्ग ठप्प रहेको छ ।

त्रिभुवन राजपथको खानिखोला, बहुन डाडा लगाएत खत्री पौवामा बगेर आएको लेदो हटाउन सडक बिभागको डोजर र आयोजनाको ४ वटा डोजोरले काम गरि रहेको छ ।

राजमार्ग ठप्प हुँदा अत्यावश्यक सवारी साधन बिमारी लिएर आएका एम्बुलेन्स समेत अवरोधमा परेका छन् ।

वर्षा निरन्तर भई रहेकाले माथिबाट आएको लेदो र ठुला ठुला ढुङ्गा आउने क्रम जारी हुँदा राजमार्ग सञ्चालन गर्न कठिन रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो ।

पहिरोका कारण करिब आधा दर्जन घर समेत जोखिममा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment