दार्चुला घटना : गृह मन्त्रालयद्वारा छानविन समिति गठन, होला त भारतीय एसएसबीमाथि कारबाही ?

 

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर नेपाली नागरिक जय सिंह धामीको हत्या गरिएको भनेर चौतर्फी विरोध भएपछि उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।

आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको समयसीमा दिएको छ ।

यस विषयमा भारतीय एसएसबीले भने आफहरुले उक्त घटना नघटाएको स्पष्टीकरण दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment