कोरोना संक्रमणको कारण इलाममा थप ४ जनाको मृत्यु, आज थपिए ७६ संक्रमित


इलाम, १७ साउनः इलाममा आज कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका ७ का  ४१ वर्षिय र  ४३ वर्षिय २ जना महिला, रोङ गाउँपालिका  ३ का ४५ वर्षि पुरुष र  माङसेवुङ गाउँपालिकाकी  ६५ महिला रहेका छन् । इलाममा आज थप ४ जना संक्रमितको मृत्यु भए सँगै मृतकको संख्या ७५ पुगेको छ । 

आज मात्र इलाममा थप ७६  जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये इलाम नगरपालिकाका मात्र ४७ जना रहेका छन् । इलाम जिल्ला पुरै सील गरिए पनि सर्वजजिक सवरीसाथन र वैंक तथा वित्तिय संस्था सञ्चालनमा आउदा पनि कोरोना संक्रमण वढेको हो । आज संक्रमित मध्य इलाम नगरपालिकमा १८ महिला २९ पुरुष, सूर्योदय नगरपालिकमा ६ महिला ९ पुरुष, देउमाई नगरपालिकमा ४ महिला ३ पुरुष, माइजोगमाई गाउँपालिकमा ३ महिला २ पुरुष, फाकफोकथुम गाउँपालिकामा १ पुरुष र सन्दकपुर गाउँपालिकमा २ महिला रहेका छन् । 

इलामाम आज थपिएका ७६ संक्रमित सहित कोरोना संक्रमितको संख्या ३५०९ पुगेको छ । इलाममा अहिले ९२६जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment