इलाममा प्रहरीले शुरु गर्‍यो ‘तपाईको मक्स खोई ?’ अभियान


इलाम, २३ साउनः इलाममा जिल्ला प्रहरी कर्यालय इलामले ‘तपाईको माक्स खोई ?’ अभियान शुरु गरेको छ । कोरोनाको लहर वढीरहेको र लहर सँगै इलाममा मृत्युदर पनि उच्च भए पछि सवैमा सचेतना जगाउनको लागि यो अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी प्रमुख प्रहरी उरिक्षक महेन्द्र कुमार श्रेष्ठले वताए । 


जिल्ला प्रहरी कर्याालय इलामले शनिबार विहान इलाम चोकबजारमा व्यानर सहित ‘तपाईको माक्स खोई ?’ लेखिएका प्ले कार्डलिएर कार्यक्रम शुरु गरेको हो । इलाम बजार सिल गरिएको भए पनि मानिसहरु आवतजावत गरिरहेको र कति जना त माक्सनै नलागाई हिडुल गरिरहेकाले पनि यो अभियान शुरु गरिएको हो । अहिले देशभरी नै नेपाल सरकारले पनि माक्सबारे सचेतनाको अभियानको  सप्ताहा मनाउन लागिरहेको छ ।

यो कार्यक्रम जिल्लाभरी रहेका प्रहरी चौकीहरुले एकै पटक सञ्चालन गरि रहेका छन् । माक्स नलाई हिडेकाहरुलाई कोरोनाको महामारीबारे जानकारी गाराउँदै माक्स पनि वितरण गरिरहेको श्रेष्ठले वताए ।

इलाममा केही दिन यता कोरोनाको ग्राफ ह्वत्ते वडेको छ । शुक्रबार मात्र मुलुकभरी २५ जनाको मृत्यु हुँदा इलाममा मात्र ३ जनाको मृत्यु भएको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment