साउन २५ देखि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिइने

 

काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी १३ लाख ३८ हजार बढी जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार यही साउन २५ गतेदेखि कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा रहेका ६५ वर्ष माथिका १३ लाख ३८ हजार बढी जेष्ठ नागरिकहरुले खोप लगाउन पाउने भएका हुन् ।

खोप महाशाखाका अनुसार सुरुमा क्रमशः बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई उक्त खोप दिइने छ । उक्त खोप अभियान प्रदेश १ र २ मा भने केही दिन ढिलो हुने जनाइएको छ ।

गत वर्षको फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए ।

पहिलो डोज लगाएको १२ सातापछि दोस्रो डोज लगाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएपनि खरिद सम्झौता अनुसार भारतले दश लाख डोज खोप नदिएपछि उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment