इलाममा कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु, थप ५१ जनामा कोरोना संक्रमण


इलाम, २९ साउनः कोरोना कहरको दोस्रो लहर वढे संगै आज इलाममा थप ५१ जनामा कोरोना संक्रमित थपिएका छन् । अजा थपिएका ५१ संगै इलाममा कोरोना संक्रमितको संख्या ४ हजार २ सय एकसाठी पुगेको छ । 

आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकामा ८ महिला र १५ पुरुष, माङसेवुङ गाउँपालिकमा ३ महिला र ६ पुरुष, माइ नगरपालिकामा ४ महिला र २ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला र ३ पुरुष, देउमाई नगरपालिकामा २ महिला र २ पुरुष, सूर्योदय नगरपालिकमा ३ पुरुष र सन्दकपुर गाउँपालिकामा १ महिला रहेका छन् ।

इलाममा थप २ जनाको मृत्यु 

इलाममा कोरोना संक्रमणको कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा इलाम नगरपालिका २ जना रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण ९१ जनाको मृत्यु भई सकेको छ । इलाममा अहिले ८९२ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment