सोक्तिम चिया बगानका मजदुरलाई राहात वितरण


इलाम, २९ साउनः सोक्तिम चिया बगानमा काम गर्ने  चिया मजदुरहरुलाई बिहिबार खाध्यान्न सहयोग गरिएको छ।

कारितास नेपालको आयोजना, मानब अधिकार संजाल तथा शान्ति कार्य समुह नेपालको साझेदारी, कारितास जर्मनीको सहयोग र माई नगरपालिका इलामको समन्वयमा ६८ घर  परिवारलाई खाध्यान्न सहयोग गरिएको प्याग नेपालका निर्देशन प्रकाश अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा माई नगरपालिकाका नगर प्रमुख दिपक कुमार थेबेले कोरोना भाईरसका कारण भएको बन्दाबन्दीमा चिया मजदुर संकटमा रहेको भन्दै कारितास, प्याग लगायत संस्थाको सहयोग प्रति धन्यवाद दिनु भएको छ ।

नगर प्रमुख थेवेले १ सय ५५ बर्षको ईतिहास बोकेको सोक्तिम चिया बगानमा काम गर्ने श्रमिकको पिडादायी अबस्था अझै रहेको भन्दै स्थानीय तह मार्फत आगामी दिनमा बगान सञ्चालन गर्न पहल गरिने जानकारी दिनुभयो । राहत सामग्री वितरण मेयर थेबेले शुभारम्भ गर्नु भएको थियो ।मजदुरहरुलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिउरा, १ केजी चना, १ केजी मटर, १ थान साबुन र आधा केजी न्यूटोला सहित प्रति मजदुर २५ सय रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

कार्यक्रममा कारितास नेपालका प्रदेश नं. १ का प्रमुख देवेन्द्र पोख्रेल, माई नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष लिला कुमार राई, प्यागका दिपेन्द्र खनाल, लगायत को सहभागिता रहेको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment