इलाममा थप १११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाग्यो


इलाम, २५ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप १११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका १११ जना संगै इलाममा संक्रमितको संख्या ४००६ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा रोङ गाउँपालिकामा २८ महिला र २७ पुरुष, इलाम नगरपालिकामा ७ महिला र १५ पुरुष, सन्दकपुर गाउँपालिकामा ५ महिला र ९ पुरुष, सूर्योदय नगरपालिकामा नगरपालिकामा १ महिला र ८ पुरुष, देउमाई नगरपालिकाका २ महिला र ३ पुरुष, माइजोगमाई  गाउँपालिमा २ महिला र २ पुरुष र फाकफोकथुम गाउँपालिकामा २ पुरुष रहेका छन् ।

इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८९ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ८२८ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment