इलाममा थप ३२ जनामा कोरोना संक्रमण, थप १ जनाको मृत्यु


इलाम, २३ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ३२ जना संगै इलाममा संक्रमितको संख्या ३८१९ पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा सन्दकपुर गाउँपालिकामा ४ महिला र ११ पुरुष, माई नगरपालिकामा ५ महिला र ५ पुरुष, इलाम नगरपालिकाका ४ महिला र ३ पुरुष, चुलाचुली गाउँपालिमा  १ पुरुष रहेका छन् ।

इलाममा थप १ जनाको मृत्यु 

इलामा आज थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चुलाचुली गाउँपालिका २ को ७२ पुरुष रहेका छन् ।  इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ८७ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ८५९ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment