मुलुकभर थप ३२१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु


काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ५७३ जनाको आरटी-पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको आरटी-पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २३१ जना र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७२२ जना कोरोनामुक्त भए, १९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ७२२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ५७३ जनाको पीसीआर-एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख २८ हजार ९५१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment