बिषादीको प्रयोग बढेपछि कन्याम चिया बगानको बिषादी घर सिल


इलाम, २३ साउनः  मापदण्ड बिपरित इलामको कन्याम चिया बगानमा बिषदीको प्रयोग बढेपछि कन्याम चिया कमानको बिषादी घर शनिबार सिल गरिएको छ ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, सूर्योदय नगरपालिका प्रहरी, संचारकर्मी सहितको टोलीले बगानको अनुगमन गर्दा कडा खाल्को बिषादी प्रयोग गरेको पाईएपछि चिया कमानको बिषादी घर अनिश्चिकालका लागि सिल गरिएको हो ।

नेपाल चिया बिकास निगम अन्र्तगत रहेको कन्याम चिया बगानमा ५० बर्षका लागि लिजमा लिएको भारतको त्रिर्वेणी संघाई ग्रुपले कडा प्रकृतिको क्लोरो फाईन फस,साइपर मेथीन लगायतका बिषादी मात्रा नमिलाई मापदण्ड बिपरित प्रयोग गरेको पाईएपछि कन्याम चिया कमानको बिषादी भण्डार घर सिल गरिएको बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

बोर्डका कार्यकारी निर्देशक डा.भट्टराई नेतृत्वमा सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खड्का, नगरका उद्योग अधिकृत इश्वरी अधिकारी , प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा बगानमा बिषादी प्रयोग गर्दे गरेको फेला पारेपछि बगानको बिषादी भण्डारण घर अनिश्चत समयका लागि सिल गरेको छ । अनुगमन टोलीले भण्डारमा राखीएका बिषादीको मुचुल्का उठाएर बगान ब्यवस्थापन पक्षलाई ७ नम्बर वडा कार्यालयको लेटरप्याडमा शिल गरिएको पत्र थमाउदै तीन दिन भित्रमा सूर्योदय नगरपालिकामा छलफलमा आउन जानकारी गराईएको नगरका उद्योग अधिकृत इश्वरी अधिकारीले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा चिया बगानमा बिषादी प्रयोग गर्ने मजदुरले स्वास्थ्य सुरक्षाका मापदण्ड समेत नअपानाएको पाईएको छ । मजदुरले बिषादी प्रयोग गर्दा माक्स, पंजा, एप्रोन नलगाएको पाईएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड फिक्कलका प्रमुख इन्द्र प्रसाद अधिकारीले जानकारी दिनु भयो । बिषादी प्रयोग गर्दा अपनाउनु पर्ने मापदण्ड समेत पालना नगर्दा मजदुरको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने जनाईएको छ ।

कमानले चियामा बिषादी प्रयोग गर्दा राष्ट्रिय चिया तथा कफी बिकास बोर्डबाट अनुमति लिएर मात्र प्रयोग गर्न पाउछ । तर, बगानमा अनुमति बिनै मापदण्ड बिपरित बिषादी प्रयोग गरेको पाईएको छ । बोर्डका निर्देशक डा.भट्टराईले चियामा बिषादी प्रयोग गर्दा मानवीय स्वास्थ्यमा असर पर्ने भएकाले बेलैमा सचेतता अपनाईएको बताउनु भयो । उहाले भन्नु भयो ‘ उहाहरु छलफलमा आएपछि बोर्डको अनुमति दिएका नरम बिषदी मात्र प्रयोग गर्न दिईन्छ ।’

बगानले किरा मार्न , झार मार्न र चियाको उत्पादन बढाउन भन्दै कडा प्रकृतिको बिषादी प्रयोग गर्दे आएको छ । बगान आसपास स्थानीयले प्रयोग गर्ने पानीका मुहान समेत रहेका छन् । चिया बगानमा बिषादी प्रयोग गर्दा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयले समेत बिषादीको प्रयोगमा रोक लगाउन माग गर्दे आएका थिए । पर्यटकीय क्षेत्र कन्याममा बिषादी प्रयोग गर्दा घुम्न आउने पर्यटकलाई समेत उक्त बिषादीले असर गर्ने भएकाले बिषादी प्रयोगमा कडाई गरिएको सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खड्काले बताउनु भयो ।

यी बिषादी बगानमा एक पटक प्रयोग गरेपछि २१ देखि २८ दिन सम्म चियामा यसको असर कायम रहेने गरेको छ । तर , बगान पक्षले दुई साता भित्रमैै चिया टिपाई गर्ने गरेको पाइएको छ । बिषादी प्रयोग गरिसक्दा चिया टिपाई गर्दा अर्गानिक चिया उत्पादन अभियानमा असर गर्ने बोर्डले जनाएको छ । निर्देशक भट्टराईले यस्ता बिषादीले माटोमा समेत दिर्घकाल सम्म असर गर्ने भएकाले प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने बताउनु भयो ।

कन्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाले बगानमा बर्षै देखि बिषादी प्रयोग हुँदै आएको स्वीकार गर्नु भयो । उहाले आगामी दिनमा बोर्डले दिएका सुझावका आधारमा मात्र बिषादी प्रयोग गर्न आफुहरु तयार रहेको बताउनु भयो ।

भारतको त्रिर्वेणी संघाई ग्रुपले चिया बगान संचालन गर्दे आएको झापा र इलामका चिया बगानमा ब्यवस्थापन पक्ष र मजदुर बिच बर्षे झमेला हुँने गरेको छ । मजदुर निकाल्ने , ज्यालादारी , सामाजिक सुरक्षा लगायतका माग राखेर बर्षौ देखि मजदुर आन्दोलन गर्दे आएका छन ।

चिया बगानको उचित स्याहार नहुँदा बगान समेत मासिदै गएको छ । इलाम र झापाका ७ वटा चिया बगान ५० बर्षका लागि लिजमा लिएरको भारतको त्रिर्वेणी संघाई ग्रुप संग सम्झौता रद्द गरी स्थानीय तहको स्वामित्वमा ल्याउन स्थानीय सरकारले माग गर्दे आएका छन् । केहि दिन अघि सूर्योदय नगरपालिकामा बसेको झापा इलामका स्थानीय सरकार प्रमुखको बैडकले चिया बगान फिर्ता गर्न र संघाईले तिर्नु पर्ने कर असुल्न माग समेत गरेका थिए ।

एवीसी नेपालीबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment