मुलुकभर एकैदिन ३१२५ जनामा कोरोना पुष्टि, २३ संक्रमितको मृत्यु

 

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८११ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६१३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २७९ जना र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा८ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना कोरोनामुक्त भए, २३ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५८हजार १२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ४८ हजार २७९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment