इलाममा थप ५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५६० पुग्यो


इलाम, १८ साउनः इलामा दोस्रो लहरको कोरोना संक्रमण तिव्ररुपमा फैलिएको छ । इलाममा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका ५१ जना संगै इलाममा संक्रमितको संख्या ३५६० पुगेको छ । 

इलाममा आज संक्रमित हुनेमा इलाम नगरपालिकाका १३ महिला १३ पुरुष, सूर्योदय नगरपालिकामा ७ महिला ३ पुरुष, देउमाई नगरपालिकमा ५ महिला ५ पुरुष, माइजोगमाई गाउँपालिकामा २ महिला १ पुरुष र रोङ गाउँपालिकामा २ पुरुष रहेका छन् ।

इलाममा अहिले सम्म कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ९२७ जना सक्रिय संक्रमित रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment