नवलपरासी पूर्वमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

 

नवलपरासी । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण शुक्रबाबर पहिरो जाँदा माथिल्लो चारघरेका ५० वर्षीया धनमाया पुलामी र उनकी नातनीहरु ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन् ।

आज विहान करिब २ बजे ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएका हस्तबहादुरलाई भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment