इलामा थप २० जनामा कोरोना संक्रमण, थप २ संक्रमितकोे मृत्यु

इलाम, ११ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ ।

इलामा आज थप २० जनामा संक्रमण भएको छ । यो संगै इलाममा संक्रमितको संख्या ५०२८ पुगेको छ ।

 आज संक्रमण हुनेहरुमा माई नगरपालिकामा ४ महिला र १० पुरुष, इलाम नगरपालिकामा ३ महिला र १ पुरुष र सन्दकपुर गाउँपालिकामा २ पुरुष रहेका छन् । 

इलामा आज थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा  सूर्योदय नगरपालिका ८ की ६२ महिला र माई नगरपालिका १ की ६८ वर्षिय महिला रहेका छन् । अहिले सम्म इलामा ११४ जनाको मृत्यु भई सकेको छ ।

 अहिले इलाममा ७३३ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment