खराब मौसमका कारण हवाई उडान प्रभावित, गन्तव्यमा पुगेका जहाज पुनः काठमाडौं नै फर्किए


काठमाडौं । खराब मौसमका कारण हवाई उडानमा प्रभाव परेको छ । शुक्रबार मौसम खराब भएकाले उडान सेवा बन्द भएको छ ।

मौसम खराबका कारण जहाज निश्चित ठाउँका लागि उडेको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौं नै फर्केको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार पोखरा पुगेका जहाज पुनः काठमाडौं नै फर्केको छ । त्यस्तै, शुक्रबार बिहान भद्रपुर र विराटनगर विमानस्थलको उडान समेत प्रभावित छ ।

हाल ती रुटमा उडान भने सूचारु भइसकेको बताइएको छ ।

शुक्रबार चितवनमा समेत खराब मौसमका कारण केही बेर उडान प्रभावित बन्न पुगेको थियो । त्रि.वि. अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण उडान ढिला हुँदा यात्रुको चाप बढेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment