कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने

काठमाडौं । स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए । उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

त्यसोत बोर्डले परीक्षाको रुटिनसमेत प्रकाशित गरेको छ । यसअघि कोरोना महामारीका कारण कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment