इलाम मुर्तिडाँडाका प्रदिप झापाको मेचीनगर आफन्तकामा झुन्डिएको अवस्थामा मृत फेला, घटना शंकास्पद भएको भन्दै आफन्त आक्रोशीत


इलाम, १७ भाद्रः इलाम नगरापकिला १० गोदक  मुर्तिडाँडा घर भएका अन्दाजी ४० वर्षीय प्रदिप आचार्य (प्रभुनाथ) झापाको मेचीनगर वडा नम्बर १० लालपानीमा पाहुना गएका उनी  झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नाताले मामा पर्ने स्थित ज्ञानेन्द्र पौडेलको घरमा मंगलबार साँझ पाहुना आएको मृतक आचार्यका आफन्तले जानकारी दिए ।

हिजो साँझ पाहुना आएका मृतक आचार्य आज बिहान सोही घरमा आइरनको तारमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि आफन्त आक्रोशित बनेका छन्,। घटनास्थलमा मृतक आचार्यको शव सोफामा घुँडा टेकेको र नाकबाट रगत चुहेको अवस्थामा फेला परेको थियो ।

मृतक र घरमुली ज्ञानेन्द्र विच आर्थिक लेनदेनको हिसाव भएको र सोहीको कारण आचार्यको हत्या भएको भन्दै घरमुली ज्ञानुको शरीरमा पनि सामान्य चोटपटक रहेको र यो घटना आत्महत्या नभएर हत्या भएको परिवारको आरोप छ ।

यता प्रहरीले भने अनुसन्दान शुरु गरेको छ । हत्याको आशंकामा घरमुली ज्ञानेन्द्र पौडेल र उनीकी श्रीमती मिना पौडेललाई नियन्त्रणमा लिएर घटनाको विषयमा सोधपुछ गरीरहेको छ ।  

आचार्यको आत्मा हत्या नभएर हत्यानै भएको र यसको सत्यथत्य वाहिर ल्याएर दोषिलाई कानुनी कारवाही गर्नुपने मृतककी भञ्जी  विद्या दुलालले वताइन । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment