चाड पर्व नजिकिदै गर्दा इलाममा जिल्ला प्रहरी कार्यालयले सुरक्षा सर्तकता वढायो


इलाम, ९ असोजः नजिकिदै गरेको प्रमुख चाड पर्बहरु बडा दशैं, शुभदिपावली र छठ पर्बको सुरक्षा संबेदनशिलतालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय ईलामले २७ बुदे चाड पर्ब लक्षित बिशेष सुरक्षा सम्बन्धी निर्देशन मातहतका सम्पुर्ण प्रहरी कार्यालयहरुमा सर्कुलर गरेको छ । 

विशेष सुरक्षा निर्देशन अनुसार समग्र जिल्लाको शान्ती सुब्यबस्थालाई मध्येनजर गरेर सामान्य अबस्थामा भन्दा थप शसक्त एवं प्रभावकारी ढंगले जनशक्ती परिचालन र प्रहरी कारबाही गरीने जनाएको छ  । 

इलाममा अहिले मेची राजमार्ग र भारतिय सिमा नाकामा गरेर १५ वटा चेक प्वाईन्ट, अन्य भित्री सडकहरुमा २६ वटा चेक प्वाईन्ट, दैनिक ४१ वटा गस्ती, ३९ वटा क्यु. आर.टी. , १० वटा मोवाइल सवारी गस्ती, ग्रामिण गस्ती, पिकेटिङ रहने छ । यस योजना अनुसार  राजमार्गमा गुड्ने सबै खाले सवारी साधनको कागजात, यान्त्रिक अबस्था, यात्रु संख्या, यात्रु भाडा दर, सिट क्षमता भन्दा वढी यात्रु, गती आदीलाई बिशेष निगरानी र कारबाही गरिने छ ।

यस्तै मानिसको भिडभाड हुने मुख्य बजार एरिया, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालय, सुन चाँदी गहना पसल लगायतका सम्वेदनशिल स्थानहरुको २४ सै घण्टा सीसी टीभी क्यामरा मार्फत सुरक्षा निगरानी गरिने छ ।

शंकास्पद ब्यक्तीहरुलाई आबश्यकतानुसार सोधपुछ, खानतलासी र पक्राउ समेत गरिने जिल्ला प्रहरी कार्यालय इलमले जानकारी गराएको छ । 

जारी निर्देशनहरु तदारुकताका साथ कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालयमा कार्यालय प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरिएको छ भने जारी निर्देशनहरुलाई कार्यान्वयन गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिईसक्नु भएको छ । परिचालित सम्पुर्ण ड्युटीहरुको अनुगमनमा सिनियर प्रहरी अधिकृतहरुलाई खटाईएको छ । चाड पर्बमा हुने सुरक्षा प्रतिकुलका घटनाहरुलाई निरुत्साहित र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले आम समुदाय संग सहयोगको अपेक्षा समेत गरेको प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले वताउनुभयो  । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment